पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु « Image Khabar


पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु


Imagekhabar
२ माघ २०७३, आईतवार ०७:१०

बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु राखेकाले डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

घटनामा १० जनालाई जिवितै उद्धार गरिएको छ । केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ । २० जनाको क्षमता रहेको डुंगाा ४० भन्दा बढी चढेका थिए ।

यसैबीच बिहारका मुख्यमन्त्री नितीश कुमारले मृतका परिवारलाई उचित क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्