 
	    विसं १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
यद्यपि, यसबीचमा नेपालमा गएका ठूला साना थुपै्र भूकम्पले धनजनमा ठूलो क्षति पुर्याएको छ । गत वर्ष बैशाख १२ गते गएको अर्को ठूलो भूकम्पले पुर्याएको क्षतिबाट मुलुक अझै सम्हालिन सकेको छैन ।
हजारौं नागरिकको मृत्यु, हजारौंहजार अंगभंग र घाइते तथा लाखौंलाख नागरिक एकसाथ घरवारविहीन बनाएको २०७२ साल बैशाख १२ को भूकम्पपछिको पुननिर्माणले अझै गति लिन सकेको छैन ।
पुनर्निर्माण प्राधीकरणमा भइरहेको दलीयकरणले वास्तविक पीडितसमक्ष राज्यको उपस्थिति हुनै सकेको छैन ।
भूकम्प गएको दुई वर्ष हुन लाग्दा पनि प्रभावितलाई दिइने भनिएको अनुदान रकमको पहिलो किस्तानै सबैमा पुगेको छैन । सुस्त र गतिहीन प्रशासन एवं अतिराजनीतिकरणले पुनर्निर्माणको काम प्रभावित बनेको हो ।
यद्यपि, यस वर्ष ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैंचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने सन्देशका साथ आज १९ औं भूकम्प सुरक्षा दिवस मनाईंदैछ ।
काठमाडौंको साँखुमा यससम्बन्धि मूख्य कार्यक्रम गरिने भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले जनाएको छ ।
साँखुमा पाँच दिनसम्म भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी गर्नुका साथै सडक नाटक र जनचेतनामूलक अभियान सञ्चालन गरिने जनाइएको छ । यसक्रममा प्रदर्शनीमा २२ कक्ष राखिने छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्