२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एपी वानलाई पराजित गर्दै ईमेज च्यानल फाइनलमा प्रवेश


0
Shares

एकतर्फी खेल खेलेको ईमेजका लागि मध्यान्तरअघि नै योद्धा थापाले पेनाल्टीमार्फत गोल गरेका हुन् । एपीवानका खेलाडीले गोलपोष्ट पुगेर हातले बल रोकेपछि पाएको पेनाल्टीलाई थापाले सदुपयोग गरेका हुन् ।

त्यसपछि भने १० जनामा समेटिएको एपी वानका अधिकांश खेलाडी डिफेन्स लाइन सम्हाल्न मै व्यस्त भए । मध्यान्तरपछि ईमेजका खेलाडीले प्रहार गरेको बल गोलपोष्टमा ठोक्किएर फर्किएको थियो ।

उत्कृष्ट प्रदर्शन गरेका ईमेजका पेमा लामा म्यान अफ द म्याच भएका छन् । ईमेज च्यानलका उपाध्यक्ष मोहनचन्द्र सिंहले लामालाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।

अब मंगलबार हुने फाइनलमा ईमेज च्यानलले कान्तिपुर गु्रपसँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा कान्तिपुरले रेडियो नेपाललाई ३–२ ले हरायो ।

निर्धारित ६० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि थपिएको १५ मिनेटमा गोल गर्दै कान्तिपुरले फाइनलमा ठाउँ बनाएको हो ।

फाइनललाई यसअघिको सातौं श्रृंखलाको फाइनलको पुनरावृत्तिका रुपमा लिइएको छ । सातौं मिडिया कपमा पनि कान्तिपुर र ईमेज नै भिडेका थिए ।