१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


देशमा बेथितिको अन्त्य गर्छाैं : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारका सबै देशमा जहाँसुकै स्थानमा प्रदर्शन नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार ट्वीट गर्दै आफूहरुले आलोचना सुनेर बेथितिको अन्त्य गर्ने पनि स्पस्ट गरेका छन् ।

सरकारले विरोध प्रदर्शनका लागि स्थान निश्चित गरेको विषयमा आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको उक्त धारणा आएको हो ।

‘हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीन वर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो, आज उहाँहरू अहिले अधिनायकवाद बेचिरहनु भएको छ’– प्रधानमन्त्री ओलीले भनेका छन्–‘हामी आलोचना सुन्छौं र देशमा बेथिति अन्त्य गर्छाैं । संसारका सबै देशमा जहाँसुकै प्रदर्शन हुँदैनन् ।’ रासस