Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


वन्यजन्तुका छालासहित पक्राउ


0
Shares

दुर्लभ हाब्रे (रेडपाण्डा) को छाला खरिद बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गिरी थप अनुसन्धान एवं कानूनी कारवाहीको लागि आइतबार जिल्ला वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, रामेछाप कठजोर नगरपालिका–५ बस्ने ३९ वर्षीय चन्द्र बहादुर रोकालाई प्रहरीले ओंतको जस्तो देखिने छाला १ थान सहित पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत ओंतको जस्तो देखिने छाला खरिद बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौ महानगरपालिका–३५ जडीबुटी नरेफाँटबाट शनिबार उनलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।