३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


शीतल निवासमा पूर्वराजा ज्ञानेन्द्रलाई निम्तो, पूर्वराष्ट्रपति पनि १४ महिनापछि शीतल निवास जाँदै


0
Shares

२०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ ।

२०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकमा राजसंस्था उन्मूलन भएको घोषणा गरी ज्ञानेन्द्र शाहलाई बिनाकुनै औपचारिक बिदाइ नारायणहिटी राजदरबार छाड्न बाध्य पारिएको थियो । त्यसपछि पूर्वराष्ट्राध्यक्षका रूपमा उनलाई कुनै पनि सम्मान उपलब्ध गराइएको थिएन ।

राष्ट्रपति भण्डारीद्वारा पठाइएको कार्डमा उनलाई पूर्वमहाराजाधिराजकै हैसियतमा आमन्त्रण गरिएको स्रोतले बताएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव सोमबार चौध महिनापछि शीतलनिवास प्रवेश गर्दैछन् । तर यसपटक उनी पूर्वराष्ट्रपति वा कुनै संवैधानिक हैसियतमा नभई राष्ट्रपति भण्डारीका कुटुम्ब (सम्धी) का रूपमा शीतलनिवास जान लागेका हुन् । उनी आफ्ना नाति अभिषेक यादवको जन्ती लिएर विवाह समारोहमा सहभागी हुनेछन् ।

जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग रामवरणका नाति अभिषेकको विवाह समारोह सोमबार शीतलनिवासमै हुने भएकाले उनी परिवारको अभिभावकत्व ग्रहण गर्दै जन्ती बनेर जान लागेका हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट