Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


बिप्लवले बन्दुकको नाममा र ओलीले सत्ताको आडमा देश लुटेः नेता केसी


0
Shares

पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लव) ले र सत्ताको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश लुटेको आरोप लगाएका छन् ।

प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्वन्द्वमा धकेलेको बताए ।

उनले विप्लवका गतिविधीमाथी प्रतिवन्ध लगाएपनि पार्टीमाथी प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक प्रक्रिया भएको बताए ।

जनताको सुरक्षा र स्वतन्त्रता गर्ने दायित्व सरकारको हो कानुन अनुसार विप्लव समुहलाई कारवाही हुनुपर्छ ।

तर पार्टीमाथी प्रतिबन्ध गर्न नहुने टिप्पणी नेता केसीको छ । सरकारले जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमति गर्नु नाटकिय रुप भएको समेत आरोप लगाए ।