६०० वर्ष पुरानो बुद्धको मूर्ति तालमा भेटियो (फोटो/भिडियो) « Image Khabar


६०० वर्ष पुरानो बुद्धको मूर्ति तालमा भेटियो (फोटो/भिडियो)


Imagekhabar
४ माघ २०७३, मंगलवार १६:२६

करिब १२ फिट अग्लो बुद्धको मूर्ति जलविद्युत आयोजनाको प्रवेशद्वार मर्मत गर्नेक्रममा फेलापरेको चिनियाँ समाचार एजेन्सीले ‘सिन्ह्वा’ले जनाएको छ ।

मर्मतका लागि पानी सुकाउँदा पहाडमा खोपेर बनाइएको अवस्थामा मूर्ति फेलापरेको जनाइएको छ ।

स्थानीय वासिन्दाले मूर्ति देखेपछि चिनियाँ पुरातत्वविद्हरुले अनुसन्धान गर्दा तालभित्र मन्दिर नै भेटिएको र त्यसभित्र मूर्ति फेलापरेको पनि जनाइएको छ ।

मन्दिर र बुद्धको मूर्ति मिङ वंशी राज्यकाल बनाइएको वा युआन वंशको बेलाको हुनसक्ने अनुमान गरिएको छ ।

पुरातत्वविद्हरुले सो स्थान ध्वस्त भएको ऐतिहासिक स्याओसी सहर हुनसक्ने भन्दै थप अनुसन्धान सुरु गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्