१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जुत्ता–चप्पलको बिग सेल मेलामा घुइँचो


0
Shares

पुस १४ गतेदेखि सन्चालन भएको मेला माघ ९ गतेसम्म चल्नेछ ।

मेलामा दैनिक उल्लेख्य संख्यामा सर्वसाधारण आउने, अवलोकन गर्ने र उत्तिकै संख्यामा खरिद गर्ने गरेको शिखर शुज इन्डष्ट्रिजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइँले उल्लेख गरे ।

पछिल्लो समय नेपाली जुत्ता–चप्पलप्रति उपभोक्ताहरु आकर्षित हुँदै गएको उनको विश्लेषण छ ।

मेलामा विभिन्न कम्पनीले जाडो यामलक्षित गरी नयाँ डिजाइनका जुत्ताहरुसमेत बिक्री–वितरणमा ल्याइएकोले पनि उपभोक्ताहरुको भीड लागेको जनाइएको छ ।

यी जुत्ताहरुमा खुद्रा बिक्री मूल्यमा १५ प्रतिशतदेखि ७५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको पनि कम्पनीहरुले जनाएका छन् ।

मेलामा १५० रुपैयाँदेखि १० हजारसम्मका जुत्ता तथा चप्पल बिक्री–वितरणका लागि राखिएको छ ।