२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सन् २०१६ इतिहासकै सबैभन्दा गर्मी वर्ष !


0
Shares

अमेरिकी अन्तरिक्ष निकाय नासा र बेलायतको मौसम विभागको तथ्यांकले सन् २०१६ को औषत तापक्रम सन् २०१५ को भन्दा शून्य दशमलव शून्य सात डिग्री सेल्सियस बढी हुने देखाएको हो ।

यसमा केही थपघट हुन सक्ने बेलायती मौसम विभागले जनाएको छ । नासाका अनुसार लगातार तेस्रो वर्ष तापक्रम बढेको हो ।

एल निनो मौसमी प्रणालीका कारण गएको वर्ष तापक्रम बढेको वैज्ञानिकले बताएका छन् । मानवीय कारणले बातावरणमा कार्बनडाइअक्साइडको मात्रा बढ्नु पनि तापक्रम वृद्धिको कारक रहेको उनीहरुको भनाइ छ ।

सन् २०१६ को नौं महिनाको तथ्यांकको विश्लेषणबाट नै वैज्ञानिकले वर्ष २०१६ इतिहासकै गर्मी वर्ष बन्ने जनाएका थिए ।

वर्षको पछिल्लो तीन महिनाको तथ्यांकसमेत विश्लेषण गर्दा सन् २०१५ भन्दा २०१६ थप गर्मी हुने देखिएको हो । (एजेन्सी)