
काठमाडौं, जेठ १४ । चर्चित नायिका आंचल शर्मा मोडल राजु ग्याबकको मायामा परेकी छिन् । सधैं जसो पल शाहसंग देखिने यी नायिका यसपाली भने मोडल राजु ग्याबकको मायामा डुबेको कुरा हालै मात्र सार्वजनिक भएक हो । राजुले अनायासै लाएको मायामा उनी फसेको हालै सार्वजनिक एक भिडियोले पुष्टि गरेको छ । उनीहरुको मायाजालको भिडियो एकाएक चर्चामा आएको छ ।
गायक सुनिल सिं ठकुरीको पछिल्लो गीत ‘जानी नजानी लाएको माया’को भिडियोमा यी दुईको प्रेम छताछुल्ल भएको हो। ठकुरीको यस म्युजिक भिडियोमा मोडल राजु ग्यबक डनको भूमिकामा देखिएका छन् भने नायिका आंचल उनको प्रेममा चुर्लुम्म डुबेकी छिन् । रिलिजको केहि समयमै चर्चित बनेको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् भने सुरेश नेपालीले छायांकन गरेका छन् ।
गायक टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको यस म्युजिक भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन् । भिडियो
प्रतिक्रिया दिनुहोस्