हैसियत नमिल्दा सरकारबाट थापा–गच्छदार बाहिरै « Image Khabar


हैसियत नमिल्दा सरकारबाट थापा–गच्छदार बाहिरै


Imagekhabar
७ माघ २०७३, शुक्रबार ०६:२३

प्रधानमन्त्री दाहाल थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए । उनले दुई÷तीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए ।

स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

केही दिनअघि थापा र देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए ।

स्रोतका अनुसार गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण भनेअनुसार ‘हैसियत’ र मन्त्रालय नपाउनु हो । गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफू हुनुपर्ने दाबी गरेका थिए । त्यस्तै उनीहरुले मन्त्रालय पनि आफूले भनेको हुनुपर्ने सर्त राखेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गच्छदारले भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयमध्ये एकसहित उपप्रधानमन्त्री पाउनुपर्ने दाबी गरेका थिए । त्यसैगरी थापाले परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री दाबी गरेका थिए । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्