२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


चर्चित र्‍यापर यमबुद्धको शव नेपाल ल्याउने अन्तिम तयारी


0
Shares

मंगलबार नै सकिएको पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले प्राप्त गरेपछि नेपाल पठाउने कानुनी प्रक्रिया सुरु गरेको छ । यस्तैक्रममा नेपाली दूतावास लन्डनले यमबुद्धको शव नेपाल लैजान आवश्यक ट्राभल डकुमेन्ट (रिप्याट्रीयसन लेटर) उनको परिवारलाई दिएको छ ।

‘नेपाल ब्रिटेन’ अनलाइनमा उल्लेख समाचार अनुसार नेपाली दूतावास लन्डन प्रबक्ता शरदराज आरणका अनुसार शव नेपाल लैजान आवश्यक डकुमेन्ट बनाउन उनकी श्रीमती अस्मिता अधिकारी(सेढाई) विहीवार दिउँसो नेपाली दूतावास लन्डन पुगेकी थिइन् ।

दूतावासले यमबुद्धको शव उनकी श्रीमतीसंगै लिएर जान मिल्ले गरि डकुमेन्ट तयार गरिदिएको जनाएको छ । तर परिवारले थप कानुनी प्रक्रिया सकिएपछि मात्र नेपाल शव पठाउने तयारी गरिरहेका छन् ।

आत्महत्या गरेको पुष्टी

मृत्युबारे अनेकौं आशंका उब्जिरहेका बेला पोष्टमार्टम रिपोर्टमा भने उनले आत्महत्या नै गरेको जनाइएको छ । रिपोर्टमा अन्तिम मानसिक स्थिति सन्तुलित देखिएको छ भने लागू औषध सेवन गरेको कुनै तथ्य फेला परेको छैन । हल्का मादक पदार्थ सेवन गरेको देखिएको रिपोर्टले औंल्याएको छ ।

लन्डनस्थित नर्थवीक पार्क हस्पिटलले शवको पोस्टमार्टम गरेको हो । आएसँगै शवलाई नेपाल लैजान परिवारले प्रक्रिया थालेको हो । शव नेपाल लैजान ट्राभल डकुमेन्ट बनाउने काम भइरहेको छ ।

गत शनिबार बिहान लन्डनस्थित आफ्नै निवासको बाथरुममा २९ वर्षे चर्चित गायकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । लन्डनस्थित प्रहरी प्रवक्ताले घटना ‘गैरशंकास्पद’ भएको उल्लेख गरेका थिए ।

यद्यपी, उनको शव नेपाल कहिले आइपुग्छ भन्ने निश्चित छैन् । उनका लाखौं प्रशंसकहरुले मृत्युको खबरबाट स्तब्ध हुँदै घट्ना शंकास्पद भएको सामाजिक संजालहरुमार्फत जनाइरहेका छन् ।

यता उनकी श्रीमती अस्मिताले भने मृत्यु भएको चारदिन पछि फेसबुकमा भावुक स्टाटस राख्दै शुभेच्छुक तथा मिडियाकर्मीहरु प्रति आभार व्यक्त गरेकी छिन् ।