सात लाख ५२ हजारसहित रातोभाले रिसोर्टबाट २० जुवाडे पक्राउ « Image Khabar


सात लाख ५२ हजारसहित रातोभाले रिसोर्टबाट २० जुवाडे पक्राउ


Imagekhabar
७ माघ २०७३, शुक्रबार १४:१०

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।

जुवा खेलाउने रिसोर्टका सन्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ ।

प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको बताए ।

जुवा खेलाउने रिसोर्ट सन्चालकसहित अन्य १८ जनालाई भने शुक्रबारै मुद्दा चलाएको उनले जानकारी दिए । रासस

 

प्रतिक्रिया दिनुहोस्