 
	    महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
जुवा खेलाउने रिसोर्टका सन्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ ।
प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको बताए ।
जुवा खेलाउने रिसोर्ट सन्चालकसहित अन्य १८ जनालाई भने शुक्रबारै मुद्दा चलाएको उनले जानकारी दिए । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्