१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


केन्द्रीय प्रसारणलाइनमा ६ मेगावाट विद्युत् थपियो


0
Shares

विहीबार साँझबाट केन्द्रीय प्रसारणलाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारणलाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।

यसअघि, पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’को उत्पादित १० मेगावाट विद्युत् त्यसै खेर गइरहेको थियो । १० मेगावाटमध्ये ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा थपिएको हो ।

झापाको दमकदेखि पाँचथर र ताप्लेजुङको सिमाना कावेलीको दुविचौरसम्म ९० किलोमिटर प्रसारणलाइन रहेको छ ।

त्यसअन्तर्गत् चारओटा सवस्टेसन रहेका छन् । फिदिमको थापाटारमा जोडिएको सवस्टेसनसँगै अहिलेसम्म तीनओटा स्टेसनको काम सकिएर केन्द्रीय प्रसारणलाइनमा जोडिसकिएको द्विवेदीले बताए ।

उक्त प्रसारणलाइनमा २५८ ओटा टावर निर्माण हुनेछन् । दमकदेखि गोदकसम्म ९५ ओटा टावर र गोदकदेखि अमरपुरसम्म ९५ ओटा टावर निर्माण भइसकेको छ ।

२०६७ जेठ १४ गतेबाटमात्रै आयोजनाको काम अघि बढेको हो । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु तीन अर्ब ५९ करोडको लागतमा सो आयोजनाको काम अगाडि बढाइएको हो । रासस