
भारतको गोरखपुर देबरीया माइती भएकी अमिसाको अवस्था निकै गम्भीर छ । उनको अहिले भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ ।
२२ बर्षीय अमिसाको पुरै शरीर जलेको छ । प्रहरीका अनुसार उनको छाती, मुख, हात, घाँटी र गुप्तांगसमेत जलेको छ । चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ ।
उपचारमा संलग्न चिकित्सक दुर्गानन्द अधिकारीका अनुसार अमिसाको उपचार यहाँ सम्भव छैन, तर उनलाई उपचारका लागि बाहिर लैजाने कोही आफन्त छैनन् ।
शरीरको ३० प्रतिशत भाग जलेमा उपचार निकै चुनौतिपूर्ण हुने चिकित्सकहरुले बताएका छन् । उपचार सम्भव छैन भन्दै चिकित्सकले कतै बाहिर लैजान भने पनि उनलाई बाहिर लगिएको छैन् ।
अमिसाकी सासू दुखराना खटिकले घरमा कोही नभएकाले बाहिर लैजान नसक्ने बताइन् । रातभर पनि अमिसा अस्पतालको शैयामा एक्लै थिइन् ।
नेपालगन्जमा आफन्त कोहीनभएकाले उनको स्याहार गर्न कोही आएनन् । विहान मात्र उनकी सासू अस्पताल आएकी थिइन् । रातभर अस्पतालमा उनलाई नर्सहरुले स्याहार गरेका थिए ।
बिहीबार राती घर झगडा भएपछि राजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतीको शरीरमा आगो लगाएका थिए । श्रीमतीलाई आगो लगाएपछि राजेन्द्र फरार छन् ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्