३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


हेवा खोलाको ६ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा


0
Shares

कावेली कोरीडोर १ सय ३२ केभी प्रशारण लाइनअन्तर्गत पाँचथरको फिदिम ४ स्थित थापाटारको स्टेशनमा हेवा खोला जलविद्युत परियोजना ए बाट उत्पादित ६ मेगावाट विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको हो ।

यसअघि पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवा खोला जलविद्युत परियोजना ए को उत्पादित १० मेगावाट विद्युत खेर गइरहेकोमा ६ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले बताए ।