
राष्ट्रिय टेलिभिजनमार्फत् जामेहले ‘एक थोपा रगत बग्न पनि आवश्यक नभएको’ भन्दै अहिले जारी समस्या शान्तिपूर्ण ढंगबाट समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
जामेह र पश्चिम अफ्रिकीमुलुक गिनी र मौरिटानियाका राष्ट्रपतिको मध्यस्थतामा घन्टौं लामो छलफलपछि जामेहको यस्तो घोषणा आएको हो ।
जामेहले मुलुक छोड्ने बताइएपनि सहमतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
२२ वर्ष मुलुकको शासन सम्हालेका जामेह गत डिसेम्बरको निर्वाचनमा अदामा बरोसँग पराजित भएका थिए ।
छिमेकीमुलुक सेनेगलमा रहेका बरोले गत बिहीबार त्यहाँस्थित आफ्नो मुलुकको दूतावासमा राष्ट्रपतिको शपथ लिएका थिए ।
राजनीतिक संकट गहिरिएपछि सेनेगलसहित पश्चिम अफ्रिकीमुलुकको सेना गाम्बियामा परिचालन गरिएको छ । जामेहले पद छाड्न सहमति गराउन चेतावनी दिँदै सेना परिचालन गरिएको थियो ।
चुनावी प्रक्रियामै त्रुटि भएको भन्दै उनले पद छाड्न अस्वीकार गरी तीनमहिने संकटकाल घोषणा गरेका थिए ।
मुलुकमा राजनीतिक संकट गहिरिँदै गएपछि कम्तीमा २६ हजार गाम्बियन हिंसा भड्किने त्रासका कारण सेनेगल पलायन भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्