
पक्राउ पर्नेमा भारतका निरञ्जन मेहता र ईक्तेदार खान छन् । उनीहरुले काठमाडौं उपत्यकाका कमलादी, माछापोखरी, भोटाहिटी, महाराजगञ्ज र अनामनगर लगायत २० स्थानमा विभिन्न बैंकका एटीएम बुथहरुबाट रकम निकालेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनीहरुले ३० जना ग्राहकको ६ लाखभन्दा बढी रकम निकालेको पाइएको छ ।
ठमेलको एक होटलबाट पक्राउ परेका उनीहरुको साथबाट एटीएम कार्ड, नगद र मोवाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्