१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


संविधान संशोधन प्रस्ताव मतदानसम्म जान नदिने ओलीको दाबी


0
Shares

आइतबार पोखरामा एमाले जनवर्गीय संगठनहरुको भेलालाई सम्बोधन गर्दै ओलीले राष्ट्रलाई अहित हुने संशोधन प्रस्तावलाई एमालेले भोटिङमा जान नदिने बताए ।

एमालेको शक्तिप्रति केही मानिसहरुमा त्रास रहेको भन्दै ओलीले तर्सिनेहरुको वास्ता नगरी एमालेले तराईमा शक्ति प्रदर्शन गर्ने बताए । एमालेलाई तराई मधेशबाट बिदाई गर्छु भन्नु बाँदरले रुखको हाँगा हल्लाएजस्तो भएको उनको भनाइ थियो ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जातीय र धार्मिक कुरा उचालेर देशलाई कमजोर पार्ने षड्यन्त्र भईरहेको भन्दै सबै सचेत हुनुपर्ने बताए ।

कम्युनिष्टहरुले समेत जातीय कुरा उराल्ने गरेको भन्दै नेता नेपालले कम्युनिष्टहरु वर्गीय चिन्तनका साथ अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

भेलामा अनेरास्ववियु, अनेमसंघ, किसान महासंघ, जिफन्ट लगायतका विभिन्न २२ वटा संगठन सम्वद्ध करिब ४ सयजना पदाधिकारी तथा प्रतिनिधिहरु सहभागी छन् । भेला सोमबारसम्म चल्ने छ ।