Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सौन्दर्य सामग्रीमा हानिकारक रसायन ! पहिलोपटक तोकियो मापदण्ड


0
Shares

काठमाडौं, फागुन २९ । सरकारले सौन्दर्य सामग्रीको मापदण्ड बनाएको छ ।

यस्ता सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक फेला परेपछि गुणस्तर तथा नापतौल विभागले पहिलोपटक सौन्दर्य सामग्रीको मापदण्ड बनाएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित प्राविधिक समितिले उक्त प्रतिवेदन सोमबार स्वीकृत गरेको हो ।

विभागका अनुसार पहिलो चरणमा तीन वटा सामग्री (लिपिस्टिक, स्किन क्रिम र स्किन लोसन) को मापदण्ड तयार गरेको छ । –कान्तिपुर दैनिकबाट