३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


विद्युत चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जना पक्राउ


0
Shares

महानगरीय अपराध महाशाखाले आइतबार पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गरेकाहरुमा प्राधिकरणका नौ जना बहालवाला कर्मचारीसमेत छन् । पक्राउ पर्नेहरुमा प्राधिकरणको बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, मर्मत सम्भार शाखाका पूर्व कर्मचारी तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायतलाई पक्राउ गरेको हो ।

यस्तै प्राधिकरणको बानेश्वर शाखामा कार्यरत कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ परेका छन् ।

प्राधिकरणका सात जना अवकाशप्राप्त कर्मचारी र व्यापारीहरु पनि समातिएका छन् । पक्राउ पर्ने ब्यापारीहरुमा कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँल रहेका छन् ।

उनीहरुमाथि मिटर बिगारेर राज्यलाई करोडौं घाटा पारेको आरोप लगाइएको छ । उनीहरूले मिटर बिगारेर उद्योगीसँग प्रतिमहिना २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरुको साथबाट प्रहरीले मेसिन बिगार्ने उपकरणहरु समेत बरामद गरेको छ ।