Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


कार्यसम्पादन सन्तोषजनक नभएका मन्त्रीको विकल्प खोज्दै प्रधानमन्त्री


0
Shares

काठमाडौं, फागुन २९ । कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन् ।

प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाईनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षसमेत रहेका ओलीले उनीहरुको विकल्प खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल अघि बढाएका छन् ।

मन्त्रिपरिषदका आधाभन्दा बढी सदस्य एक वर्षमा गरिसक्ने भनेको काम सक्न असफल देखिएका छन् । –नागरिक दैनिकबाट