Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


संशोधन प्रस्तावलाई मतदान प्रक्रियामै लैजान रोक्छौं : महासचिब पोखरेल


0
Shares

प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले महासचिव पोखरेलले संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएकाले यसलाई मतदान प्रक्रियामा लैजान नदिने बताएका हुन् ।

उनले सिमांकन हेरफेर प्रस्ताव फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती समेत दिए ।

महासचिव पोखरेलले राष्ट्रिय भाषाहरुलाई वेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गरे ।

‘संविधान च्यात्छौं, जलाउँछौं र मान्दै मान्दैनौं’ भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको भन्दै उनले राष्ट्रियताप्रति अडिग रहन सवै देशभक्त नेपालीलाई आग्रह गरे ।