Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


मन्त्रिमन्डल पुनर्गठनका विषयमा छलफल : दाहाल


0
Shares

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमन्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीसित छलफल भएको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसित मंगलबारै मन्त्रिमन्डल पुनर्गठनका विषयमा छलफल भएको जानकारी दिए ।

बालुवाटारबाट आफू सीधै विराटनगर आएको बताउँदै उनले भने–‘आज बिहानमात्र प्रधानमन्त्रीजीसँग मन्त्रिमन्डल पुनर्गठनकाबारेमा पनि कुरा भएको थियो ।’

सोक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठन ‘गर्नैपर्‍यो भने केही हेरफेर हुनपनि सक्छ । तर, अहिले हतारो छैन’ भनेको अध्यक्ष दाहालले जानकारी दिए ।

‘मैले योचाहिँ तपाइँले नै निर्णय गर्नोस्, भन्या’छु । यो तपाइँको मूल्यांकनमा भरपर्ने कुरा हो । अधिकार क्षेत्रपनि तपाइँकै हो भनेको छु’–दाहालले बालुवाटारमा प्रधानमन्त्री ओलीसित आफूले व्यक्त गरेको धारणा सन्चारकर्मीलाई सुनाए ।

उनले सरकार र सीके राउतबीच भएको सहमति ‘सकारात्मक पहल’ भन्दै त्यसमा आफ्नो समर्थन रहेको पनि बताए ।

सरकार र सीके राउतबीच भएको सहमतिप्रति नेकपाभित्रै विरोध भएको प्रसंगमा उनले भने–‘साथीहरुले बाहिर धेरै नबोल्दा राम्रो हुन्छ भन्ने मेरो भनाइ छ ।’

भिडियो हेर्नुहोस्