
जनसंख्या तथा वातावरण मन्त्रालयले सोमबार खेलौनासम्बन्धी मापदण्ड तोकेर राजपत्रमा प्रकाशित गरेको छ ।
मापदण्ड नपुगेका खेलौनाको निर्माण, आयात, भण्डारण, विक्रीवितरण र प्रयोगमा समेत सरकारले प्रतिवन्ध लगाएको छ ।
यसअघि खेलौनासम्बन्धी मापदण्ड नहुँदा आयातकर्ता र निर्यातकर्ताले बालबालिकाको स्वास्थ्यसँग खेलवाड गर्दै आफूखुशी भातक रसायन प्रयोग गरी खेलौना तयार पार्दै आएका थिए । यस्ता घातक रसायन प्रयोग गरी खेलौना प्रयोग गरी बालबालिकामा तत्कालिनदेखि दीर्घकालिन अवस्थाका घातक रोग लाग्ने सम्भावना हुन्छ ।
वातावरण मन्त्रालयले बालबालिकाले प्रयोग गर्ने खेलौनामा गह्रौं धातुलगायत अन्य १२ प्रकारका रासायनिक मात्रा सम्बन्धी मापदण्ड निर्धारण गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्