बालकृष्ण समका प्रिय थिए पन्नाकाजी, राणाकालमै नाटक खेल्थे (भिडियो) • Image Khabar Image Khabar


बालकृष्ण समका प्रिय थिए पन्नाकाजी, राणाकालमै नाटक खेल्थे (भिडियो)


Imagekhabar
१२ माघ २०७३, बुधबार ११:१८

बालकृष्ण समका प्रिय थिए पन्नाकाजी, राणाकालमै नाटक खेल्थे (भिडियो)

‘तिरिरी मुरली बज्यो वनैमा’ जस्ता दर्जनौं कालजयी गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा ठूलो गुन लगाएका पन्नाकाजी नेपाली सांगीतिक क्षेत्रको गर्व गर्न लायक स्रष्टा मानिन्छन् ।

लामो समयदेखि विरामी परेका उनी उच्च रक्तचापका कारण उनले प्राण त्यागे । वि. सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए ।

उनले राणकालमै नाटक समेत खेलेका थिए । उनी नाटककार बालकृष्ण समकासमेत प्रिय मानिन्थे ।

साहित्यकार तथा नाटक निर्देशक बालकृष्ण समको विशेष सिफारिसमा रेडियो नेपालका निर्देशक तारणीप्रसाद कोइरालाले शाक्यलाई गायकको रुपमा जागिर दिएका थिए ।

२००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति लिएर उनले ०४० सालसम्म काम गरेका थिए ।

रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा नारायणगोपाल संगीतमा प्रथम हुँदा पन्नाकाजी गायनतर्फ प्रथम हुन भएका थिए ।

‘किन-किन तिम्रो तस्वीर’ र ‘लोलाएका ती तिम्रा आँखा’को पुरानो मेलोडी, ‘नौलाखे तारा’, ‘एकानी दुवानी’, ‘रात यो नबित्ला’, ‘लालीगुराँस फुल्यो है’ लगायतका गीत सिर्जना गरेका उनी आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी करिब चार सय गीत रेकर्ड भएका छन् ।

पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् ।

विभिन्न पुरस्कारबाट सम्मानित पन्नाकाजी इमेज लाइफ टाइम अवार्डबाट समेत सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्