Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


विश्वभर छरिएका पाँचथरका कांग्रेसहरु संगठित, एकराज नेम्बाङ सभापतिमा चयन


0
Shares

काठमाडौं । पाँचथरमा जन्मिएर विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली कांग्रेस आस्थावान ब्यक्तिहरु संगठित भएका छन् ।

जनसम्पर्क समितिको विभिन्न जिम्मेवारीमा रहेर करिब १५ बर्ष काम गरिसकेका एकराज नेम्बाङको सभापतित्वमा नेपाली कांग्रेस पाँचथर विश्व संजाल गठन गरेका छन् ।

कांग्रेसले विभिन्न मुलुकहरुमा जनसम्पर्क समिति गठन गर्ने गरेको छ । कांग्रेसले विधानमा विभिन्न मुलुकमा संगठन विस्तार गर्ने उल्लेख गरेको छ ।

तर पाँचथर जन्मिएर विश्वभर छरिएका लोकतन्त्रमा आस्थावान साथीहरुलाई एकसुत्रमा बाँध्ने उद्देश्यले विश्व संजाल विस्तार गरिएको अध्यक्ष नेम्बाङले जानकारी दिए । 

लोकतन्त्रप्रेमी साथीहरुलाई संगठित गरेर कांग्रेसको अभियानमा सहयोग पुर्‍याउन विश्वसंजाल गर्ने पहिलो प्रयास भएको उनले बताए । संजालले पार्टीको जिल्ला कार्य समितिसँग समन्वय गरेर काम गर्नेछ ।

संजालको उपसभापतिमा डेनमार्कका दिपकराज रिजाल र दक्षिण कोरियाका भीमराज चेम्जोङ चयन भएका छन् । महामन्त्रीमा बेलायतका खुशी लिम्बुलाई चयन गरिएको छ ।

सहमहामन्त्रीमा साउदी अरवबाट लक्ष्मी नेम्वाङ र कतारबाट एम प्रसाद लुइटेल चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी हङकङबाट मोती चाम्लिङले पाएका छन् ।

अन्य १७ जना सदस्यहरु पनि चयन गरिएको छ । जसमा एमपी चेम्जोङ (बेलायत), बबिता तामाङ (युएइ), भेषराज चेम्जोङ (जापान), दिनेश कुमार रम्तेल (कतार), ५० अनिल पोख्रेल (साइप्रस) चयन भएका छन् ।

त्यस्तै पदम गोले तामाङ (साउदी अरव), राजिव नेम्वाङ (बहराइन), दुर्गा चेम्जोङ (कुवेत), भिमन्त शेर्मा (कोरिया), कृष्ण सुन्दर लावती (हङकङ), चण्डी योङ्या (मकाउ), सुवास अधिकारी (अमेरिका), रमेश अधिकारी (अष्ट्रेलिया), हेम अधिकारी (पोर्चुगल), छत्र थापा (जर्मन), सन्तोष रिजाल (मलेशिया), अशोक कुमार फुयाँल(माल्दिभ्स) चयन गरिएको छ ।

त्यस्तै सल्लाहकारहरु पनि चयन गरेको छ । चन्द्रमान लावती(बेलायत), मोहन नेम्बाङ(बेलायत), चण्डी योङ्या(मकाउ) रहेका छन् ।