बुधबार नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डा. महतले संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य भएकाले सरकार त्यसैको तयारीमा रहेको बताए ।
उनले असन्तुष्ट पक्षलाईसमेत संविधान कार्यान्वयनमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री डा. महतले श्रमिकको हितको पक्षमा वर्तमान सरकारले काम गर्ने भन्दै त्यसको परिणाम निकट भविष्यमा देखिने जिकिर गरे ।





प्रतिक्रिया दिनुहोस्