३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


प्रदेशप्रमुख हटाउने निर्णय मन्त्रिपरिषदले गरेको छैन : कानुनमन्त्री


0
Shares

काठमाडौं, असार २२ । कानुनमन्त्री शेरबहादुर तामाङले प्रदेशप्रमुख हटाउने निर्णय मन्त्रिपरिषदले नगरेको बताएका छन् ।

शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री तामाङले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले कानुनविपरीत नियुक्ति दिएका व्यक्तिहरुले स्वेच्छिकरुपमा नछाडेपछि नियुक्ति खारेज गर्नुपरेको तर्क गरे ।

प्रदेशप्रमुखहरुलाई भने कामको मूल्यांकनका आधारमा राख्ने वा हटाउने निर्णय हुने उनको भनाइ थियो ।

बिहीबार भने मन्त्री तामाङले नै प्रदेशप्रमुखहरुको नियुक्तिको निर्णय पनि खारेज भएको बताएका थिए ।

प्रदेशप्रमुख हटाउने निर्णयको चौतर्फी विरोध भएपछि सरकार हच्किएको हो ।