४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


भूकम्प पीडितलाई बंगलादेशले दिएको चामल जुम्लामा धमाधम बिक्री


0
Shares

कर्णालीमा अनुदानको चामलको मूल्य घटाएपछि उपभोक्ताले बजारभन्दा खाद्य संस्थानबाट चामल खरिद गरेका हुन् ।

मूल्य घटेपछि नेपाल खाद्य संथान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा तीन हजार आठ सय क्विन्टल अनुदानको चामल बिक्री गरेको छ ।

नेपाल सरकारले गत मंसीर १६ गतेदेखि कर्णालीमा चामलको मूल्य घटाइ खाद्य संस्थानमार्फत अनुदानको चामल बिक्री गर्न सुरु गरेपछि कार्यालयमा स्टक रहेको चामलसमेत बिक्री भएको कार्यालयले जनाएको छ ।

बंगलादेश सरकारले भूकम्पपीडितलाई दिएको बंगलादेशको उसिना मोटो चामल जुम्लामा पनि बिक्री भइरहेको छ ।

बंगलादेशको उसिना मोटो चामल मंसिर १६ गतेपछि जुम्लामा चार हजार दुई सय ७८ क्विन्टल भित्रिएको थियो ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट