
बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका तंग्राम फापरखेतमा पहिरोले घर पुरिंदा एक महिला बेपत्ता भएकी छिन् ।
अविरल बर्षासँगै आएको पहिरोले त्यस क्षेत्रमा लगाएको अन्नबालीमासमेत क्षति पुर्याएको छ ।
फापरखेतको थोत्नेरीमा विहानपख पहिरो खसेपछि घरधनी टीका पुन सहित अरु परिवारका सदस्यले भने भागरे ज्यान जोगाएका थिए ।
उनका श्रीमती ३८ बर्षीया विमला पुन भने बेपत्ता भएकी छन् । यस्तै जिल्लाकै बडिगाड गाउँपालिका वडा नम्बर ७ भीमबिसे गाउँमा पनि पहिरोले केही घरमा क्षति पुर्याएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्