परासी । कारागार कार्यालय पश्चिम नवलपरासीको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ ।
सीमा क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र वडा स्तरमा समेत क्वारेन्टिनको संख्या बढ्दै गएपछि यसअघि नेपाल प्रहरीलाई दिइएको कारागार सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो ।
खुला सीमाबाट आउने व्यक्तिहरुको निगरानी र वडा स्तरमा रहेका क्वारेन्टिनको सुरक्षाका लागि नेपाल प्रहरीलाई परिचालन गर्ने गरी जिल्ला सुरक्षा समितिको बैठकले कारागार सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको कालीध्वज गणका प्रमुख सेनानी समिरकुमार गुरुङले जानकारी दिए ।
प्रशासनिक एंव कैदी बन्दीहरुलाई ल्याउने लैजाने काम बाहेक अन्य सुरक्षाको व्यवस्था गर्ने गरी कारागारमा नेपाली सेना पठाई सकिएको प्रमुख सेनानी गुरुङले बताए ।









प्रतिक्रिया दिनुहोस्