Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सीके राउतसँग तुलना गरेकामा चित्त दुख्यो : दाहाल


0
Shares

पोखरा, फागुन २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सीके राउतसँग जोडेर तुलना गरेकामा चित्त दुखाएका छन् ।

सोममबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै दाहालले सीके राउतसँग आफूलाई नजोडेको भए हुने भन्दै असन्तुष्टि जनाएका हुन् ।

यद्यपि, उनले जोडेरपनि केही नबिग्रिएको जवाफ दिनपनि भ्याए ।

पृथकतावादी नेता सीके राउतसँग सम्झौता गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले राउतलाई दाहालसँग तुलना गरेकामा उनको अपमान भएको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आएका थिए ।

ओलीले राउतको निर्णय क्षमता दाहालकोजस्तै ‘असाधारण’ रहेको भनी प्रशंसा गरेका थिए ।

दाहालले राउतसँग सरकारले गरेको सम्झौता संविधानको मर्म र भावनाअनुसार नै रहेको भन्दै कुनै शंका नगर्न आग्रहपनि गरे ।

बाहिर आएको हो–हल्लाजस्तो सम्झौता नभएको दाबी गर्दै उनले सम्झौताअनुसार नचले सरकारले आफ्नो काम गर्ने चेतावनीपनि दिए ।

सीके राउत गृहजिल्लामा पुग्दा उठेको स्वतन्त्र मधेसको नारा र जनमतबारे अन्यथा नसोच्न आग्रह गर्दै दाहालले उक्त दृश्यले सकारलाई आशंका पैदा भएको तर व्यवहारिकरुपले सहमतिबारे कार्यकर्तालाई सम्झाउन अझै समय लाग्ने बताए ।

सन्चारमाध्यममा आएको ‘जनअभिमत’ र ‘जनमत’मा तरंगित नहुन भन्दै उनले सरकारको उद्देश्य मधेसलाई खतराबाट रोक्नु भएको बताए ।

जनमतसंग्रह गर्नपनि दुई तिहाइको बहुमत चाहिने भएकाले कसैले चाहेरमात्रै नहुने दाहालको भनाइ थियो ।