२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


‘काठमाडौंका २० विद्यालयको पुनःनिर्माण हुन नसक्ने’


0
Shares

काठमाडौं, असार २२ । आवश्यक जग्गाको अभावमा भूकम्पका कारण भत्किएका काठमाडौंका २० विद्यालयको पुनःनिर्माण हुन नसक्ने भएको छ ।

शुक्रबार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा गरेको कार्यक्रममा केन्द्रीय आयोजना इकाईले ती विद्यालय पुनःनिर्माण गर्न नसकिने जनाएको हो ।

विद्यालय गुठीको जग्गामा हुनु र मन्दिरको बीचमा रहेकाले पुनःनिर्माण गर्न कठिनाइ भएको जानकारी दिइयो ।

कार्यक्रममा केन्द्रीय आयोजना इकाई काठमाडौंका प्रमुख गणेश ढकालले जमिन अभावका कारण पुनःनिर्माण गर्न समस्या भएकाले ती विद्यालय अब रहने कि नरहने भन्नेबारे काठमाडौं महानरपालिकासँग छलफल गर्ने बताए ।

काठमाडौंमा ७० विद्यालयको १६ सय ५० कक्षाकोठा बनाउन बाँकी छ ।

यस्तै, ललितपुर जिल्लामा भने ५७ ओटा विद्यालयको २५७ कक्षाकोठा निर्माण गर्न बाँकी रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख भगवान पौडेलले जानकारी दिए ।

यस्तै, भक्तपुरमा पनि २६ विद्यालय पुनःनिर्माण हुन सकेका छैनन् । भक्तपुर नगरपालिकाले विद्यालय पुनःनिर्माण गर्न नक्सापास नगरिदिएकाले समस्या भएको केन्द्रीय आयोजना इकाई भक्तपुरका प्रमुख देवकुमार बरालले बताए ।

भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि विद्यालय पुनःनिर्माण हुन नसक्दा पठनपाठनमा समस्या भएको छ ।