
उनी आङ साङ सुचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीको कानुनी सल्लाहकारसमेत थिए । विमानस्थलमा आउँदै गर्दा उनको टाउकोमा गोली हानी हत्या गरिएको बताइएको छ ।
घटनाको समयमा को नीले नातिलाई लिएका थिए भने ट्याक्सी चालकको पनि गोली हानी हत्या गरिएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा संलग्न रहेको आशंकमा एक जनालाई पक्राउ गरिए पनि थप विवरण भने सार्वजनिक गरिएको छैन ।
बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यानमारमा को नी केही गनिएका मुश्लिम मध्येका थिए । हत्याको कारण भने खुल्न सकेको छैन । तर को नीकी छोरीले भने राजनीतिमा सेनाको प्रभाव विरुद्ध विचार दिइरहने आफ्ना बाबुलाई धम्कीसमेत आउने गरेको बताएकी छन् ।
म्यानमारमा राजनीतिक हत्या अत्यन्तै कम हुने गर्दछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्