मुलुककै जेठो विराटनगर जुट मिलको ‘कन्त विजोग’(भिडियो हेर्नुहोस) • Image Khabar Image Khabar


मुलुककै जेठो विराटनगर जुट मिलको ‘कन्त विजोग’(भिडियो हेर्नुहोस)


Imagekhabar
१८ माघ २०७३, मंगलवार ११:५५

मुलुककै जेठो विराटनगर जुट मिलको ‘कन्त विजोग’(भिडियो हेर्नुहोस)

-ध्रुव भट्टराई,ईमेज

तर, सरकारी बेवास्ताका कारण यो उद्योग अहिले लथालिङ र छिन्नभिन्न अवस्थामा पुगेको छ ।

विपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतका नेताले यही मिलबाट आफ्नो राजनीति सुरु गरेका थिए । राजनीतिक रुपमा उनीहरु स्थापित पनि भए, तर उनीहरुको राजनीतिक आधारभूमि भने झन् थिलथिलो हुँदै गएको छ ।

विराटनगरको रानीमा रहेको जुट मिल एक नम्बरमा दर्ता भएकोे सरकारी स्वामित्वको एक मात्र उद्योग हो । सरकारी स्वामित्वको भए पनि आवश्यक विद्युत् अभावमा विगत दुई वर्षदेखि यो उद्योग बन्द छ ।

उद्योग सञ्चालनका लागि ३३ केभिए विद्युत् प्रशारण लाइन जोड्ने प्रयास हुँदै आएको छ ।

तर, रकम अभाव देखाउँदै सरकारी स्वामित्वको उद्योगमा ३३ केभिए लाइन जोड्ने काम अलपत्र परेको विराटनगर जुट मिलका प्रशासकीय अधिकृत तारानाथ तिम्सिना बताउँछन् ।

दुई वर्षअघि भारत कोलकाताको विनसन इन्टरनेसनल लिमिटेडले विराटनगर जुट मिल सञ्चालनको जिम्मेवारी लिएको थियो ।

मिल सञ्चालक समितिले ३३ केभिए लाइन जडान नगरिएको भन्दै २०७१ साल भदौबाट मिल छाडेर फर्किएको थियो ।

३३ केभिए लाइन जोडिदिने सर्तसहित विनसन इन्टरनेसनले वार्षिक १ करोड ३५ लाख रुपैयाँ दिने सर्तमा २५ वर्षका लागि मिल सञ्चालनको जिम्मा लिएको थियो ।

१९९४ सालमा स्थापना भएको ६७ विघा क्षत्रफलमा फैलिएको विराटनगर जुट मिल वन्द भएसंगै अहिले अधिकांश भवन जीर्ण भएका छन् ।

उद्योगमा रहेका मेसिन पनि धेरै जसो खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको विराटनगर जुट मिलका प्रशासकीय अधिकृत तारानाथ तिम्सिना बताउँछन् ।

राजनीतिक हस्तक्षेप र मजदुर आन्दोलनका कारण यसअघि पनि यो मिल पटकपटक बन्द हुँदै आएको थियो ।

उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको १ अर्ब १३ करोड २० लाख रुपैयाँ ऋण तिर्न बाँकी देखिन्छ ।

सरकारले राम्रो व्यवस्थापनसहित सही ढंगले सो उद्योग चलाउन सके प्रशस्तै रोजगारीको अवसर खुल्ने छ भने उद्योगले आर्थिक लाभ समेत दिन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्