पोखरा, फागुन २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा सँगै नुहाउँदैमा पार्टीमा एकता नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको एकता भावना र व्यवहारमा हुनुपर्ने बताए । तातोपानीमा सँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुको अर्थ नरहेको उनको भनाइ थियो ।
पार्टी सभापति शेरबहादुर देउवासँगै तातोपानी कुण्डमा नुहाएको दृष्यलाई पार्टी एकताका रुपमा प्रचार भएकोप्रति उनले प्रष्टिकरण दिएका हुन् ।
उनले सरकारले सुशासन र शान्तिको प्रत्याभूति दिन नसकेको बताए ।
नेता पौडेलले देशमा हत्या, हिंसा र बलात्कारका घटना र बम आतंकले गर्दा सरकार फेल भइसकेको टिप्पणी गरे । उनले सिके राउतसँग सरकारले गरेको सम्झौता पारदर्शी हुनुपर्ने पनि बताए ।









प्रतिक्रिया दिनुहोस्