४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


पशुपति क्षेत्र विकास कोषले मनपरी जग्गा बाँड्दै


0
Shares

विश्वसम्पदामा सूचीकृत धार्मिक धरोहर पशुपतिनाथको एकीकृत विकासका लागि बनाइएको गुरुयोजना लत्याउँदै कोषले विभिन्न संस्था एवं व्यक्तिलाई पूर्वाधार निर्माण र मुआब्जाका नाउँमा जग्गा बाँड्न लागेको हो ।

स्रोतअनुसार विभिन्न सात संस्था एवं झण्डै दर्जन व्यक्तिलाई जग्गा सुम्पने प्रस्ताव पशुपति क्षेत्र विकास कोषको कार्यसम्पादन समितिमा पुगिसकेको छ ।

गुरुयोजनामा कोषले तय गरी डिजाइन गरिएका पूर्वाधार एकीकृत तरिकाले निर्माण गर्नुपर्ने उल्लेख छ । दीर्घकालिन महत्वका निर्णय परिषदमा पेस गर्नुपर्नेमा परिषद छल्दै कार्यसम्पादन समितिबाटै निर्णय गराउने तयारी कोषको छ । –नागरिक दैनिकबाट