२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


नोबेल पुरस्कार विजेता सत्यार्थीको पदक चोरियो


0
Shares

बालअधिकारका अभियानकर्ता सत्यार्थीले मंगलबार (आज) बिहान भएको चोरीपछि नोबेल पुरस्कारको प्रमाणपत्र पनि हराइरहेको बताएका छन् । उनले चोरी भएको समयमा घरमा कोही पनि नभएको जनाए ।

दिल्ली प्रहरीले घटनापछि अनुसन्धान सुरु गरेको छ ।

बालश्रम र बालबेचविखनविरुद्ध सक्रिय सत्यार्थीलाई पाकिस्तानकी मलाला युसुफजाईसँग संयुक्तरुपमा सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । (एजेन्सी)