मंगलबार काठमाडौंमा गरिएको एक कार्यक्रममा सन्चारमन्त्री कार्कीले जनसरोकारका विषयलाईभन्दा नेताले बोलेका विषयलाई प्राथमिकता दिएर सन्चारमाध्यमले अनावश्यक प्रवृत्तिलाई प्रश्रय दिने गरेकोमा दुःख व्यक्त गरे ।
कार्यक्रममा मन्त्री कार्कीले आमसन्चारको छुट्टै विश्वविद्यालय स्थापना गराउन पहल गर्ने बताए ।
समाज विकासमा सन्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले यसको छुट्टै विश्वविद्यालय स्थापना गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले आमसन्चार तथा पत्रकारिताको छुट्टै विश्वविद्यालय बनाउनमा आफ्नो साथ र सहयोग रहेको बताए ।
उनले पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
जर्नालिज्म एन्ड मास कम्युनिकेसन कलेजकी संस्थापक डा. मञ्जु मिश्रले आमसन्चार तथा पत्रकारिता पढाउन छुट्टै विश्वविद्यालय स्थापना गर्न सरकारसँग आग्रह गरिन् ।










प्रतिक्रिया दिनुहोस्