
जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए ।
सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्युठान प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले कुटपिट गरेको हवल्दार डिसीले बताए । ट्राफिकको युनिफर्ममै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखी आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको डिसीले फोनमार्फत जानकारी दिए ।
‘म र एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौं । एक छेउमा जरिवाना काटिरहेको थिएँ । त्यही बेला प्रमुख जिल्ला अधिकारी र डिएसपीसाप आउनु भएछ । काममा भएकोले देखिँन । अर्को भाइ सडकमै थियो, उसले देखेछ । मैले नदेखेकोले जय नेपाल गर्न सकिनँ । पछि त्यही निहुँ बनाएर मलाई जिल्ला प्रहरीमा बोलाई कुटपिट गरे,’ उनले भने ।
‘चारघण्टा अपराधी झैं हतकडी लगाएर हिरासतमा राखियो,’ उनले भने, ‘डिएसपीसाबको कुटाइले मेरो बायाँ हातमा चोट लागेको छ । नीलडाम छन् । युनिफर्मको ज्याकेट च्यातिएको छ ।’
डिएसपीको निर्देशनमा हतकडी लगाएर अस्पताल लगी मेडिकल समेत गराएको डिसीले बताए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको बताए । कार्यालयमा पनि सोधपुछको बेला अटेर गरेकाले हतकडी लगाइएको उनले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्