Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रदेश गएनन् कर्मचारीः हतारमा ल्याइएको अध्यादेशले समस्या


0
Shares

काठमाडौं । कर्मचारी समायोजनमा तीन महिना खटिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु बिहीबार फूर्तिसाथ भन्दै थिए, ुकर्मचारी समायोजन सिध्याउन लागें ।’

संघ, प्रदेश र स्थानीय तहमा बिहीबारसम्म समायोजन भएका कर्मचारीको तथ्यांक भने समायोजन महाशाखा प्रमुख पनेरुले भनेजस्तो उत्साहजनक छैन ।

तीन तहमा समायोजन भएका ५३ हजार ६ सय १२ कर्मचारीमध्ये अधिकांश अर्थात् ३४ हजार ७ सय ६३ कर्मचारी संघमै छन् ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलिया समायोजन सकिन लाग्दा पनि विभिन्न समूहका कर्मचारीले संघमा दरबन्दी कायम राख्न दबाब दिन नछाडेको बताउँछन् । ‘कसरी हुन्छ संघमै रहन कर्मचारी साथीहरू दौडधुपमा हुनुहुन्छ,’, थपलियाले भने ।

कर्मचारी समायोजन ऐन २०७४ मा भएको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहमा कर्मचारी जान नमानेपछि खाइपाई आएको तलबमा दुई ग्रेड थपको आशा देखाएर सरकारले मंसिर अन्तिम साता कर्मचारी समायोजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।

हतार–हतार ल्याइएको अध्यादेश पनि कर्मचारी समायोजन गर्न असफल भएको देखिन्छ । समायोजन फाराम भर्न दिइएको म्यादभित्र ७७ हजार ३४ जनाले फाराम भरेका थिए ।

जसमा सरकारी सेवाका ७५ हजार ३ सय ६७ र अन्य सेवाका १ हजार ६ सय ६७ जना थिए ।

राष्ट्रिय निजामती किताबखानामा भने कर्मचारीको संख्या ८९ हजार छ । निजामतीबाहेक करिब २७ हजार स्वास्थ्य सेवाका कर्मचारी छन् ।

२७ हजारमध्ये २४ हजार स्थानीय तहमा समायोजन हुनेछन् । -कान्तिपुर दैनिकबाट