२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बुधबार सेयर बजार वियरिस ट्रेन्डमा


0
Shares

यसदिन पनि नेप्से २१ अंकले झरेर १३ सय २२ मा आएर थामियो । कारोबार भएका सबै समूहमा उल्लेख्य गिरावट आयो ।

बीमा समूह सबैभन्दा उच्च १ सय ८० अंक बराबरले झर्‍यो । होटल समूह ४४ अंकले ओरालो लाग्यो । विकास बैंक र जलविद्युत् समूह पनि २०/२० अंकले ओरालो लागे । वाणिज्य बैंक समूह पनि १८ अंकले झर्‍यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १० लाख कित्ता बराबर सेयर ३५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।