
महिला सिंगल्समा भारतकी शरण्या गवारेले नेपालकी मायांका राणालाई ६–३ र ७–६ ले हराउँदै अन्तिम आठमा पुगिन् ।
त्यस्तै, भारतकी शिवानी स्वरुप इङल, वैदेही चौधरी, चीनकी युजिआओ, थाइल्यान्डकी पुन्निन्, जापानकी मियो कोजाकी र चीनकी मिङक्यु याङ पनि क्वार्टरफाइनलमा पुगेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको पुरुष सिंगल्समा भारतका अथर्व शर्माले नेपालका रेन्जन लामालाई ६–३ र ६–४ ले पराजित गर्दै क्वार्टरफाइनलमा ठाउँ बनाएका छन् ।
त्यस्तै, पुरुष डबल्समा भारतका जैश्विन सिदाना र आदर्श नागा, चीनका पेनग्यु लु र ग्वाङसेन वेन, भारतका गुन्जन र अथर्व तथा भारतका मृत्युञ्जय र दिपिनको जोडी आ–आफ्ने खेल जित्दै सेमिफाइनलमा पुगे ।
सोही स्पर्धाको महिलामा चीनकी छुन्जी गुओ र थाइल्यान्डकी पुन्निन्, चीनका जोङयु लि र जिङ याङ, चीनका ना दोङ र मिङगालाओ याङ तथा चीनका युजिआओ छे र जिङयी वाङ आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्