काठमाडौं, फागुन २४ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले महिला हिंसा र विभेद अन्त्य नभएसम्म समाज अघि बढ्न नसक्ने बताएका छन् ।
१०९औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सो पार्टीको महिला संगठन महिला शक्ति महासंघद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले लैंगिक विभेद अन्त्य गर्ने विषय मानव जातिले हल गर्ने समस्याहरुमध्ये सबैभन्दा बढी समय लिने विषय भएको धारणा राखे ।
कार्यक्रमका अरु सहभागीहरुले घर–घरबाटै महिला हिंसा अन्त्यको अभियान सुरु हुनुपर्नेमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्