Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकार असफल भइसक्यो : कमल थापा


0
Shares

सुर्खेत, फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दुईतिहाइ बहुमतको सरकार असफल भइसकेको दाबी गरेका छन् ।

राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा शुक्रबार सुर्खेत आइपुगेका अध्यक्ष थापाले ‘माओवादी विद्रोहलाई मूलधारमा ल्याउने नाममा राजतन्त्र फालिएपनि नयाँ ढंगबाट विद्रोही शक्तिहरुको जन्म हुनुुले अहिलेसम्म गरिएको राजनीतिक अभ्यासमा त्रुुटि छ भन्ने देखिएको छ’–भने ।

२०६२–०६३ सालको आन्दोलनको त्रुुटिपूर्ण मार्गचित्रले देशलाई समस्याको दलदलमा फसाएको उनको आरोप थियो ।

मुलुकमा व्याप्त भ्रष्टाचार र बेथिति अन्त्यका लागि जनता चनाखो हुनुपर्ने बेला आएको उनले उल्लेख गरे ।