Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘विप्लव’ समूह लुटेरा हो : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’लाई लुटेराहरुको समूहको संज्ञा दिएका छन् ।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा स्वतन्त्र मधेस गठबन्धनका सीके राउत र नेपाल सरकारबीच भएको सम्झौता सावैजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ नभइ लुटेरा समूह रहेको बताएका हुन् ।

उनले विप्लवमात्र होइन, लुटेराहरुले ‘प्रकाण्ड’ समूहपनि बनाए हुने सुझाव दिए ।

यिनीहरुले कम्युनिस्ट पार्टीकै बदनाम गरिरहेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो ।

सीके राउतलाई पृथकतावादी बाटोबाट मूलधारमा फर्काउँदा निकै उत्साहित देखिएका प्रधानमन्त्री ओलीले विप्लवप्रति भने आक्रोश पोखेका हुन् ।