Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


यस्तो छ सीके राउतसँग सरकारले गरेको सहमति (सहमतिपत्रसहित)


13
Shares

काठमाडौं, फागुन २४ । सरकारले सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग ११ बुँदे सहमति गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

सहमतिको पहिलो बुँदामा राउतले मुलुकको अखण्डता स्वीकारेका छन् भने सरकारले गठबन्धनका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सहमति गरेको छ ।

गृहमन्त्रीसँगको सहमतिमा राउतले पृथकतावाद छाडेर अखण्डता कायम गर्ने प्रतिवद्धता जनाएका हुन् । सम्झौतामा राउतले नेपालको सार्वभौमिकता, नेपाली नागरिकता मान्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।